Section 11
बैङ्क जमानत सुविधा अन्तर्गत पैठारी गर्ने सुविधा प्रदान गर्न सक्ने
(१) नेपालः सरकारले कुनै व्यक्तिलाई कुनै मालवस्तु बैङ्क जमानत सुविधा अन्तर्गत पैठारी गर्ने सुविधा तोकिए बमोजिम प्रदान गर्न सक्नेछ ।

(२) कुनै उद्योगले मालवस्तु तयार गरी निकासी गर्ने प्रयोजनको लागि पैठारी गर्ने कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ वा करमुक्त पसल सञ्चालनको लागि पैठारी हुने मालवस्तु तोकिएको शर्त बमोजिम बैङ्क जमानत सुविधा अन्तर्गत पैठारी गर्ने सुविधा नेपाल सरकारले तोकिए बमोजिम प्रदान गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम पैठारी गर्ने सुविधा प्रदान गर्दा सम्बन्धित भन्सार कार्यालयले त्यसरी पैठारी गर्दा लाग्ने महसुलको अतिरिक्त उपदफा (२) बमोजिमको शर्त उल्लंघन गरेमा निजलाई लाग्नसक्ने अन्य कुनै महसुल, शुल्क वा हुन सक्ने जरिबाना रकम समेतको बैङ्क जमानत लिनु पर्नेछ ।